सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा ट्राफिक व्यवस्थापनको लागि आईतबार बिहान सचेतना मूलक प्रभातफेरीको आयोजना गरिएको छ । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक सुरक्षा एवं सचेतना अभियान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालगञ्जको त्रीभुवनचोकबाट सुरु भएको सो कार्यक्रम सदरलाइन, न्यरोड, सेतुविक चोक हुँदै धम्बोझी चोकमा पुगेर समापन गरिएको थियो ।
ट्राफिक चेतनाको लागि आयोजना गरिएको सो कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, केही वडा अध्यक्ष, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी प्रमुख एस्पी अरुण पौडेल, सशस्त्र प्रहरीका एस्पी भेषबहादुर शाह, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, जिल्ला ट्राफिक ईन्चार्ज प्रहरी निरिक्षक हिरेन्द्र रोकाय, सामुदायिक प्रहरीका शशि स्वाँरको सहभागिता रहेको थियो ।
‘नेपालगञ्ज उपमहानगरबाट मेयर उपमेयर र केही वडा अध्यक्ष, उद्योग बाणिज्य संघबाट अध्क्षयमात्र, जिल्लाका कर्मचारीहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी र प्रहरी सशस्त्र प्रहरीमात्रको उपस्थितिमा मात्र कार्यक्रमको आयोजना हुनु स्थानीय तहले स्वामित्व नलिएको जस्तो देखियो’–धम्बोझि चोकमा भेटिएका यात्रुले टिप्पणी गरे ।
प्रतिनिधित्व मुलक जनप्रतिनिधि र नागरिक अगुवा अघि–अघि मूल व्यानर समातेर हिडिएको प्रभातफेरीमा प्रहरी तथा सशस्त्र प्रहरीले सचेतनामुलक प्लेकार्डसहित सडक सुरक्षा र नो हर्नको बारेमा उल्लेख गरिएको विभिन्न पर्चा वितरण गर्दै हिडेका थिए ।