नेपालगञ्जमा ४औँ ‘हिसानकप’ प्रतियोगिता हुदै

१३ फाल्गुन २०७५, सोमबार २२:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : निजि विद्यालयको संगठन हिसानको आयोजनामा बाँकेमा ४औँ हिसानकप खेलकुद प्रतियोगिता मंगलबारदेखि सञ्चालन हुने भएको छ ।
हिसान बाँके/बर्दियाको आयोजनामा हुने सो प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्र/छात्राको दुवैका लागि भलिबल र ब्याडमिन्टन खेल हुने छन ।
प्रतियोगिताको अन्तिम तयारिको सन्ध्यामा नेपालगञ्जमा बसेको बैठकमा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष ईश्वर प्रसाद पोखरेलले खेलको माध्यम पनि विद्यालयको चिनारी बन्न सक्ने भन्दै सबै विद्यालयले हिसानकपलाई अवसरका रुपमा लिन आग्रह गरे ।
प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले भाग लिन पाइने हिसान बाँके/बर्दियाका अध्यक्ष डा.अवनिन्द्र मिश्रले जानकारी दिए ।
बाँके/बर्दियामा २०६७ सालमा स्थापना भएको हिसानले यस अघि ३ वटा प्रतियोगिता सम्पन्न गरी सकेको छ । विगतका प्रतियोगिता भन्दा पनि यस पटकको प्रतियोगिता स्तरीय हुने हिसानका प्रमुख सल्लाहकार सुमन गौतमले जानकारी दिए । प्रतियोगिता १७ गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

Next Post

प्रियंका र आयुशमान अभियन्तामा नियुक्त

१३ फाल्गुन २०७५, सोमबार २२:३९
सदरलाइनडटकम,  काठमाण्डौं : चर्चित नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियानताको रुपमा नियुक्त भएका उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि […]