सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चपुरको बेदकोट नगरपालिकाको लालपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको सव स्टेशनमा सुरक्षा गार्डका रुपमा कार्यरत अन्दाजी ४५ वर्षीय चन्द्रदेव भट्टको रहस्यमय तरिकाले करेन्ट लागेर मृत्य भएको छ । सव स्टेशनको ३३ केभिए लाइनको ट्रान्सफर्मरमा करेन्ट लागेर भट्टको मृत्यु भएको हो ।
आइतवार बिहान मात्रै भट्टको शव देखेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । भीमदत्तनगरपालिका १९ बागफाँटाका बासिन्दा भट्ट शुरक्षा गार्डका रुपमा आठ वर्षदेखि कार्यरत रहेका थिए ।
शनिवार राती डयुटीमा रहेका भट्ट ट्रान्सफरमरमा परेर करेन्ट लागेर मृत्यु भएपछि उनका आफन्तले हत्या गरेर फालेको भन्दै प्राधिकरणका सव स्टेशन कार्यालयमा तोडफोड गरेका छन् । प्राधिकरणका कर्मचारी कमल सिंह बडुमाथिसमेत कुटपिट गरिएको छ ।

