जमुनाहाबाट प्रतिबन्धित कुखुरा बरामद

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १४:१०
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहाबाट प्रहरीले प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेको छ । नेपालभन्दा भारतमा सस्तो मूल्यमा पाइने भएकाले बोइलर नेपाल तस्कर हुने गरेको छ ।

भारतमा ३ सय रुपैयाँ किलोमा पाइने वोइलर कुखुरा नेपालमा ४ सय ४० रुपैयाँ प्रतिकिलो छ । खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले कुखुरा भित्र्याउने गरेका छन् ।


प्रहरीका अनुसार भन्सार छलि भित्र्याइएको १ सय ५० किलो वोइलर कुखुरा बरामद भएको हो । बरामद गरिएको कुखुरा पशु क्वारेन्टाइनमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निरन्तरको वर्षाले दाङ देउखुरीका अधिकांश क्षेत्र जलमग्न

२५ असार २०७९, शनिबार १४:१०
दाङ : लगातारको वर्षापछि दाङको देउखुरीका अधिकांश क्षेत्र जलमग्न भएका छन् । पानीको उचित निकास नभएपछि बस्तिमा पानी पस्न थालेको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय आसपासमा समेत पानी जमेको छ । राप्ती सानो नदीको बाढी बस्तिमा पसेपछि स्थानीय भोसु चौधरी र बहादुर चौधरीको कच्ची घरमा […]

सम्बन्धित