बाँकेमा १६ संक्रमित थपिए, १३ डिस्चार्ज

सदरलाइन संवाददाता १० फाल्गुन २०७८, मंगलवार १३:१९
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा एकजना गरी १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यस्तै जमुनाहा नाकामा १७५ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९१९ पुगेको छ । यस्तै थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

१० फाल्गुन २०७८, मंगलवार १३:१९
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । नागरिकलाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उनले एम्बुलेन्समार्फत गाउँपालिकाका स्थानीय नागरिक सहजरुपमा सेवा दिइने […]