बाँकेमा सोमवारदेखि बुस्टर डोज खोप लगाउन शुरु

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १४:०३
 

नेपालगञ्ज : बाँकेमा सोमवारदेखि कोरोना विरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउन शुरु गरिएको छ । १८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर दुई चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

पहिलो चरणमा सोमवारदेखि बुधवारसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


यस्तै असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाइने छ । अहिलेसम्म बाँकेमा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, हालसम्म ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यस्तै दोस्रो डोज खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ८ सय ९२ रहेको छ । बुष्टर डोज लगाउनेको संख्या भने एक लाख ७ हजार ३ सय ६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठूलो परिमाणको लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

२० असार २०७९, सोमबार १४:०३
नेपालगञ्ज : बाँकेको चिसापानीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । नलगाड नगरपालिका–३ जाजरकोटका २५ वर्षीय गोपाल रोकायलाई साढे तीन किलो अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । चिसापानी रेञ्ज पोष्टका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रभित्र पर्ने घोप्टे भन्ने ठाउँबाट रोकाय पक्राउ परेका […]