ठूलो परिमाणको लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १४:१८
 

नेपालगञ्ज : बाँकेको चिसापानीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । नलगाड नगरपालिका–३ जाजरकोटका २५ वर्षीय गोपाल रोकायलाई साढे तीन किलो अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

चिसापानी रेञ्ज पोष्टका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रभित्र पर्ने घोप्टे भन्ने ठाउँबाट रोकाय पक्राउ परेका हुन् ।


पक्राउ परेका रोकायलाई इलाका प्रहरी कार्यालय चिसापानीको जिम्मा लगाइएको बाँके राष्ट्रिय निकुञ्ज चिसापानी पोष्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

२० असार २०७९, सोमबार १४:१८
नेपालगञ्ज : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा न. ६ खिलतपुरका ४५ वर्षीय लाल बहादुर नेपाली रहेको प्रहरीले बताएको छ । नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रृत चोक स्थित बलराम डाँगीको निर्माण हुदै गरेको घरको लागि […]