नेपालगञ्जमा मिस नेपाल छनौट गरिँदै

३० फाल्गुन २०७५, बिहीबार १७:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मिस नेपाल २०१९ का लागि नेपालगञ्जमा शुक्रवार छनौट हुने भएको छ । मिस नेपाल २०१९ का लागि पश्चिम नेपालको ठुलो शहरका रुपमा मानिएको नेपालगञ्जमा क्षेत्रीयस्तरमा छनौट हुने भएको हो ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिस नेपाल आयोजक द हिडेन ट्रेजरका निर्देशक प्रमोद कंशाकरले बिगतका दिनहरुमा नेपालगञ्जमा राम्रो प्रतिक्रिया मिलेको हुँदा यो वर्ष पनि यहाँ छनौट गर्न लागिएको बताए । शहरभन्दा बाहिर रहेका प्रतिभावानहरुले अवसर पाएर मिस नेपाल बन्न सकुन भनेर पनि यस्तो छनौट आयोजना कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । मिस नेपालले सुन्दरता, प्रतिभा र हौसलालाई बिश्व सामु चिनाउने माध्यम हुने भएकोले मिस सुपर नेशनल २०१९ महिमा सिंहले नेपालगञ्ज तथा आसपासमा लुकेर रहेका प्रतिभालाई छनौटमा सहभागि हुन आव्हान गरिन् ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै मिस अर्थ रोशन खत्रीले मिस नेपाल प्रतिभा उजागर गर्ने माध्यम भएको बताए । शुक्रवार विहान ११ बजेदेखि नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा छनौट प्रक्रिाउ शुरु हुनेछ । १२ कक्षा उत्तीर्ण, १९ बर्ष पुरा भई २५ बर्ष ननाघेको, ५ फिट ४ इन्च अग्ला अविवाहित युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् ।

Next Post

आइडियलमा कक्षा दशका बिद्यार्थीको विदाई

३० फाल्गुन २०७५, बिहीबार १७:१५
सदरलाइनडटकम, नेपालगञ्ज : आइडियल पब्लिक हाईस्कुल नेपालगञ्जले बिहीवार कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको छ । कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई विदाई गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रे आलम खानको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि […]