वडासदस्य परियारको स्मृतिमा शोकसभा

सदरलाइन संवाददाता १८ कार्तिक २०७७, मंगलवार १६:२९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले वडासदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलवार श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभामा मेयर डा. धवलशम्शेर राणाले परियारको निधनले नेपालगञ्जले एकजना कर्मठ र शालिन ब्यक्ति गुमाएको बताउँदै उनीबाट सधैं सकारात्मक सहयोग प्राप्त भएको बताए ।

कार्यक्रममा उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । नगर प्रमुख प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रतिनिधीसभा सदस्य सर्वतआरा खानम, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी लगायतले स्व. परियारको तस्बीरमा माल्र्यापण गरे ।


नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडासदस्य परियारको कोरोना संक्रमणबाट सोमवार भेरी अस्पतालमा निधन भएको हो । वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमालले वडा सदस्य परियार वडाभित्र अति सक्रिय जनप्रतिनिधी रहेको बताउँदै आफुहरुले अभिभावक गुमाएको बताए । वडासदस्य परियारको निधनमा शोक मनाउँदै नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयमा मंगलवार अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ ।

Next Post

होलियामा वडा समिति गठन

१८ कार्तिक २०७७, मंगलवार १६:२९
डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले वडा अधिवेशनलाई तीब्र बनाएको छ । जनमतले अधिवेशनअन्र्गत मंगलवार डुडुवा गाउँपालिका वडा नं. १ होलियामा मूने अहमदको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिमला बर्मा, सचिव सन्जु शाहू, कोषाध्यक्ष आरिफ दर्जीलाई चयन गरिएको छ । केन्द्रीय सदस्य इरफान शेषको प्रमुख […]