ब्राउन सुगरसहित बिसी परे प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता १० फाल्गुन २०७८, मंगलवार १२:०२
 

नेपालगञ्ज :  बाँके प्रहरीले मंगलबार बिहान साढे ५ बजे भारतबाट नेपाल आउदै गरेका व्यक्तिबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । उनी विहान साढे ५ बजे रुपैडिहाबाट नेपालगञ्ज आउदै थिए ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले सिमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विसिको हिडाई शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारि राखिएको ब्राउनसुगर जस्तो सामाग्री बरामद भएको बताए ।

प्रहरीले बिसीकोे साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको पनि प्रहरीले जनाएको छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाण्डौ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १६ संक्रमित थपिए, १३ डिस्चार्ज

१० फाल्गुन २०७८, मंगलवार १२:०२
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा एकजना गरी १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ४, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल […]