२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा भट्टराई विजयी



नेपालगञ्ज : कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई विजयी भएका छन् ।

भट्टराईले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पर्दै ३२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषालले २७६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा मणि प्रसाद गैरेले ४२६ मत ल्याएर विजयी भएका छन् भने सचिवमा एकराज शर्माले ३४१ मत ल्याएर विजयी भएका छन् ।

कुल जम्मा ९३० मतदाता रहेकोमा ७०० मत खसेको थियो जसमा ११ मत बदर भएको थियो ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतबार
ताजा समाचार