२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बैजनाथले पनि दियो गर्मी विदा



नेपालगञ्ज : अत्याधिक गर्मीका कारण बाँकेको बैजनाथ गाउँपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा तीन दिनका लागि गर्मी विदा दिइएको बैजनाथ शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले जानकारी दिए ।

उनका अनुसार यही जेठ ३० गतेदेखि असार १ गतेसम्मका लागि विदा दिइएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले शुक्रवारदेखि विद्यालय बन्द गरिसकेका छन् ।

प्रकाशित मिति : २०७९ जेठ २७ गते शुक्रबार
ताजा समाचार