चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १३:५६
 

नेपालगञ्ज : बाँकेमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का ३६ बर्षीय सञ्जय दिवानलाई प्रहरीले पक्राउ गरेको हो । चेक अनादर मुद्दामा बाँके जिल्ला अदालतले जेठ ६ गते उनलाई १ बर्ष कैद तोकेको थियो । तर, उनी फरार थिए ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिवानलाई शुक्रवार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२७ जेष्ठ २०७९, शुक्रबार १३:५६
नेपालगञ्ज : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप शुक्रवार बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु […]