राजापुर (बर्दिया) : महालक्ष्मी बिकास बैंक राजापुर शाखाको एक कार्यक्रमका बिच स्थानान्तरण गरिएको छ । थप सेवा बिस्तार गर्नका लागि पुरानो ठाँउ प्रयाप्त नभएकाले स्थानान्तरण गरिएको बैंकका प्रमुख तारा बोहोराले जानकारी दिईन ।
शाखा स्थानान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले प्रतिस्पर्धाको जमानामा सेवाग्राहीलाई सहज–सरल र गुणस्तरिय सेवा प्रदान गर्नतर्फ बैंकले ध्यान दिनुपर्ने बताए ।
बैंकको सेवा प्रवाहलाई ईगित गर्दै नगरप्रमुख चौधरीले भने–‘बैंक तथा बित्तिय सस्था धेरै खुलेका छन् । जो ग्राहक मैत्री बन्न सफल हुन्छ । उसले प्रगति गर्न सक्छ । ’


कार्यक्रममा बोल्दै महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहकको चाहाना बमोजिम सेवा बिस्तार गर्दै लैजाने भन्दै रास्ट्रबैंकको नीति र बर्तमान समयमा उत्पन्न समस्याका बाबजुद पनि ग्राहकको समस्यालाई मध्यनजर गर्दै कर्जा प्रबाह गरिरहेको बताए ।
ग्राहकमैत्री सेवा प्रबाहमा आफुहरु लागिरहेको भन्दै अधिकृत देवकोटाले डिजिटल बैंकिङ प्रणालीको तिब्र बिकास भइरहेकाले सर्बसुलभ सेवा दिनका लागि कर्मचारी तल्लीन रहनुपर्ने खाचो औल्याए ।
कार्यक्रममा राजापुर नगरपालिका वडा ८का अध्यक्ष चिन्तामणि आचार्य , बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष केदार थापाले निजि बैंकका रुपमा महालक्ष्मी बिकास बैंक राजापुरमै पहिलो बैंक भएको भन्दै बैंकले दिदै आएको सेवा प्रसंशा योग्य रहेको बताए ।
बैंकको लक्ष्य, भाबी रणनीतिबारे शाखा प्रमुख बोहराले प्रस्ट्याएको कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्ति उपस्तिथ रहेका थिए । कार्यक्रमको समापन गर्दै बैंक संचालक दिपक रौनियारले यस क्षेत्रका सेवाग्राहीको उत्साह प्रती खुशी व्यक्त गर्दै प्रभावकारी सेवा तर्फ संचालक समिति ध्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानान्तरण गरिएको बैंकको शाखाको प्रमुख अतिथि र सभा अध्यक्षले संयुक्त रुपमा उद्घटन गरेका थिए ।