जाजरकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १४:००
 

नेपालगञ्ज : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप शुक्रवार बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।


प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नम्बर ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

२७ जेष्ठ २०७९, शुक्रबार १४:००
सुर्खेत : जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले/माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् । सुनाले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका […]