सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले तेस्रो गाउँसभामा मंगलबार ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६/७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गरेका हुन ।
उनले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त ३७ करोड ५८ लाख, प्रदेश ५ सरकारबाट ३ करोड ९२ लाख ४७ हजार र आन्तरिक तर्फ अनुमानित ५४ लाख १० हजारमा आधारित रही आर्थिक बर्ष २०७६÷७७ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बस्नेतले जानकारी दिए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)