भोलीदेखि वर्षा र हिमपात हुने : मौसमविद्

२३ माघ २०७५, बुधबार १७:४४
 

सदरलाइनडटकम,
काठमाण्डौ : केही दिनदेखि मौसममा सुधार भई तापक्रम बढेपनि बुधवार साँझदेखि बदली हुने र पश्चिमी र मध्य भागका उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोली देशका अधिकांश स्थानमा वर्षा हुने, उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्नेतर्फ सचेत गराएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसमी विवरण सार्वजनिक गरेको छ । यसअनुसार शनिबारदेखिमात्र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

माघ २३ गते (बुधवार)
दिउँसो : देशका पश्चिमि भू–भागमा पूर्ण बदली, मध्य भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने संम्भाबना छ । पश्चिमि भ–भागका थोरै स्थानमा हल्का बर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ्र साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ ।

माघ २४ गते (बिहीवार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र देशको पश्चिमीका साथै मध्य भु–भागको १–२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।


राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ्र ।

माघ २५ गते (शुक्रवार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १–२ स्थानहरुमा भारी हिमपातको पनि सम्भावना रहेको देखिन्छ्र ।

राति : देशभर सामान्य बदली रहने देखिन्छ । देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम बर्षाको सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ ।

Next Post

सिद्धार्थ बिजनेश गु्रप २१ वर्ष प्रवेशसंगै २२ शाखा सञ्चालनमा

२३ माघ २०७५, बुधबार १७:४४
सदरलाइनडटकम, टीकापुर (कैलाली) : सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ वर्ष पुरा भएकोे अबसरमा देशभर सञ्चालनमा रहेका २२ शाखामा विभिन्न रचनात्मक कार्य सम्पन्न गरेको छ । गु्रपका देशैभर रहेका २२ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका […]

सम्बन्धित