नेपालगञ्ज उपमहानगरले स्वास्थ्यको योजना तय गर्दै

सदरलाइन संवाददाता २८ जेष्ठ २०७९, शनिबार १९:३९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरिए बनाउनको लागि आवश्यक तयारी अगाडि बढाउने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को स्वास्थ्य क्षेत्रको बजेट तथा योजना तर्जुमा पूर्वतयारी बैठकमा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरिय र भरपर्दो बनाउनको लागि आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिदै स्वास्थ्य क्षेत्रमा आन्तिरिक बजेटमार्फ प्राथामिकतामा राखेर बजेट निर्माण गरिने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्ज उपमहानगरका सबै वडाका स्वास्थ्य संस्थामा कम्तिमा एमबिबिएस उतिर्ण चिकित्सकले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिने गरी व्यवस्था मिलाउने गरी तयारी अगाडि बढाउन आग्रह गरे । उनले गुणस्तरिय स्वास्थ्यका लागि छोरी पढाउ छोरी बचाउ जस्ता कार्यक्रम समेत लागू गर्न आवश्यक रहेको औल्याए ।


नेपालगञ्ज उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले शाखाको वार्षिक कार्ययोजना र हालको सेवा प्रवाहको बारेमा जानकारी मुलक अवधारण पत्र प्रस्तुत गरेका थिए । नेपालगञ्ज उपमहानगरमा हेल्थपोस्ट ११, गाउशहर क्लिनिक र आधारभूत स्वास्थ्य संस्था १२ वटा रहेका छन ।

सो कार्यक्रमममा उपमहानगरका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालले योजना छनौटको चरणका बारेमा र स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमका तर्कबहादुर मल्लको समेत प्रस्तुती रहेको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, स्वास्थ्य महाशाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।

One thought on “नेपालगञ्ज उपमहानगरले स्वास्थ्यको योजना तय गर्दै

  1. Pingback: help essay

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु

२८ जेष्ठ २०७९, शनिबार १९:३९
नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका एक पुरुषको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका दुई वटा मोटरसाइकल कोहलपुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल कोहलपुर नगरपालिका–२ […]