बाँकेमा आइतवार ३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १४:१४
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जमुनाहा नाकामा २ र राप्तीसोनारी गाउँपालिकामा एक गरी तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये एक जना महिला र दुई जना पुरुष छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २ सय ७४ पुगेको छ ।


यस्तै आइतवार थप ७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २० हजार ८ सय ३७ पुगेको छ । जिल्लामा कूल सक्रिय संक्रमितको संख्या ८४ रहेको फोकलपर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदीय व्यवस्था खारेज हुनुपर्छ : सुदर्शन

२९ श्रावण २०७९, आईतवार १४:१४
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का पोलिट ब्यूरो सदस्य हेमन्त प्रकाश वली सुदर्शनले संसदीय व्यवस्था खारेज हुनु पर्ने बताएका छन् । नेपालगञ्जमा आइतवार आयोजित पत्रकार भेटघाटमा उनले संसदीय व्यवस्था खारेज नभएसम्म मुलुकको आमूल परिवर्तन सम्भव नभएको बताए । उनले वैज्ञानिक समाजवादी गणतन्त्र नेपालको स्थापनाले मात्रै मुलुकको विद्यमान गतिरोध अन्त्य गर्ने […]