डोटीमा जिप दुर्घटना ८ जना घाइते, दुईको अवस्था गम्भीर

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १२:५०
 

डोटी : डोटीको सायल गाउँपालिका वडा नम्बर १ तेलपारामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१–१३३४ नम्बरको जिप दुर्घटना हुँदा सो जीपमा सवार ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटना परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुवै जनालाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल ल्याइएको छ ।


अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सायल बाट १४ जना यात्रु बोकेर दिपायल आउँदै गरेको जिप (आज) शुक्रवार बिहान साढे १० बजे दुर्घटनामा परेको हो । चालकलाई नियन्त्रण लिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको कार्यपालिकामा एमाले–जसपा गठबन्धन विजयी

१३ जेष्ठ २०७९, शुक्रबार १२:५०
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउ कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । डुडुवाका प्रमुख निर्वाचन अधिकृत फटिकराज मुडभरीले जारी गरेको अन्तिम मतपरिणम सहितको नतिजा अनुसार डुडुवामा एमाले र जसपाका ३÷३ जना गाउँ कार्यपालिका सदस्यमा विजयी भएका छन । दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल जसपाका समशुद्दिन सल्मानी विजयी भएका छन […]