बुद्ध जयन्तीमा यशोधरा बौद्ध महिला संघको विभिन्न कार्यक्रम

२३ बैशाख २०७६, सोमबार १९:१८
 

सदरलाइनडटकम,
नेपालगन्ज   : २५६३ औं बुद्ध जयन्तीको अवसर पारेर यशोधारा बौद्ध महिला संघ बाँकेले नेपाल परिवार नियोजन सघं बाँकेसंगको सहकार्यमा एकदिने महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच शिविरको आयोजना गरेको छ ।
यशोधरा बौद्ध महिला संघकी अध्यक्ष शुदर्शना शाक्यले गृहणी महिलालाई पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी गराउदै पाठेघरको मुखमा क्यान्सर भए नभएको जाँच गरिएको बताईन ।
नेपाल परिवार नियोजन संघ बाँकेका प्राविधिक शुष्मा आचार्यले पाठेघरको मुखको क्यान्सर जाँच गर्ने किट र प्रविधिक सहयोग उपलब्ध गराई सहयोग गरेको जानकारी दिईन ।
संघकी सल्लाहकार सरिता शाक्यले पाठेघरको मुखमा घाउ भएको, सेतो पानी खस्ने जस्ता समस्या भए पनि उपचारको लागि सल्लाह दिने गरेको बताईन । सो शिविरमा ५० जना महिलालाई सेवा दिने आयोजकले जनाएको छ ।
उनले २५६३ औ बुद्ध जयन्तीका अवसरमा संघले विद्यार्थीहरुका लागि धर्मदर्शना कार्यक्रम, रक्तदान कार्यक्रम, १० वर्ष मुनिका बालबालिकालाई कल्पबृक्ष दान र बुद्ध जयन्तीको कार्यक्रम गरी मनाईने जानकारी दिईन ।

Next Post

नेपालगञ्जको रामलिला मैदानमा सन्त निरंकारी सत्संघ हुँदै

२३ बैशाख २०७६, सोमबार १९:१८
सदरलाइनडटकम, नेपालगञ्ज : धर्म होईन भावना परिवर्तन गरौ भन्ने मुल नारामा साथ आगामी बैशाख २५ गते नेपालगञ्जको रामलिला मैदानमा बृहद सत्संघको आयोजना गरिने भएको छ । सन्त निरंकारी मण्डल बाँकेको आयोजनामा सम्पन्न हुने सो सत्संघमा देश विदेशका गरी १० हजार बढीको सहभागिता रहने आयोजकले जनाएका छन् । संत निरंकारी मण्डल […]