

एजेन्सी/मुम्बई : बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको छ । हृदयघातको कारण उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको परिवारका सदस्यले बताएका छन् । पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।
१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए ।सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका उनले ३०० बढी हिन्दी फिल्ममा काम गरेका उनले हलिउड फिल्म पनि खेलेका छन् ।