लागु औषधसहित तीनजना पक्राउ

सदरलाइन संवाददाता २५ जेष्ठ २०७८, मंगलवार १०:०४
 

धनगढी : कैलालीमा लागु औषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।


उनीहरुको साथबाट ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजु समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २८ संक्रमित थपिए, २८ जना कोरोनामुक्त

२५ जेष्ठ २०७८, मंगलवार १०:०४
नेपालगञ्ज : बाँकेमा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परीक्षणको २४.३ प्रतिशत हो । आज २८ जना नै डिष्चार्ज भएका छन् । यहाँका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी ११५ जनामा कोरोना पुष्टि भएको छ । मंगलवार यहाँका अस्पतालमा थप ४ जनाको मृत्यु […]