योग मार्फत जीवन जिउने कला सिक्दै युवायुवती

२१ आश्विन २०७५, आईतवार १४:२४
 


सदरलाइनडटकम 
नेपालगञ्ज  : बाँके जिल्लाका झन्डै तीन सय जनाले जीवन जिउने कला, योग तथा ध्यानको शिक्षा लिएका छन् । आर्ट अफ लिभिङले आयोजना गरेको ह्याप्पिनेस प्रोग्राम अन्तर्गत सातौं ब्याचका ४४ जनासमेत गरी झन्डै तीन सय बढी युवाले योग तथा ध्यानको शिक्षा लिएका हुन् । गत असारको पहिलो साता यता नियमित रुपमा ह्याप्पिनेस प्रोग्राम जारी रहेको छ ।
सातौं ब्याचको ६ दिने ह्याप्पिनेस प्रोग्रामको समापनको अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले समाजमा सकारात्मक सोचको विकास गर्न योग र ध्यानको महत्वपूर्ण भूमिका हुने बताए ।
‘युवायुवतीले योग, ध्यानका कुरा ध्यान दिएमा समाज परिवर्तन हुन मद्दत मिल्छ’, अध्यक्ष कक्षपतिले भने, ‘सबैभन्दा बढी योग तथा ध्यानको खाँचो त दलका नेतालाई छ । योगबाट उनीहरुमा सकारात्मक सोचको विकास हुन्छ ।’
कार्यक्रममा सातौं ब्याचका सहभागी चार तारे होटल सिद्धार्थ भ्यूका सञ्चालक कृष्ण भण्डारी र अर्का सहभागी गोविन्द रेग्मीले ह्याप्पिनेस प्रोग्रामले आफ्नो सोच र काम गर्ने तौरतरिकामा परिवर्तन आउन थालेको भन्दै खुसी ब्यक्त गरेका थिए ।
सो अवसरमा आर्ट अफ लिभिङका स्वयंसेवकहरु प्रेस युनियनका जयनारायण शाह, अन्नपूर्ण पोस्टका उप–सम्पादक शंकरप्रसाद खनाल, गणपति प्लाष्टिक उद्योगकी सञ्चालक डिना शाह लगायतले योग, ध्यान, सत्सङ, ज्ञान, सेवाले गर्ने परिवर्तनबारे धारणा राखेका थिए ।
नेपालगन्जमा केही वर्ष अघि आर्ट अफ लिभिङको कक्षा सञ्चालन भए पनि निरन्तरता पाउन सकेको थिएन । नेपालगन्ज निवासी माला शर्माको पहलमा सुरुवात गरिएको ह्याप्पिनेस प्रोग्रामले निरन्तरता पाइरहेको छ । आर्ट अफ लिभिङको योग, ध्यान र ज्ञानबाट आपूm डिप्रेसनबाट मुक्त भएर अरुलाई खुसी बाँडिरहेको बताउँछिन् । नेपालगञ्जका व्यवसायी सञ्जय थापा ह्याप्पिनेस प्रोग्रामले निरन्तर जारी राख्ने बताउँछन् । छोटो समयमै एड्भान्स ध्यान कक्षा सञ्चालन गरिएकाले धेरैलाई लाभ मिल्ने थापाले बताए ।
योग प्रशिक्षणका लागि योग प्रशिक्षक काव्य लम्साल असार यता बाँके जिल्लामा रहेर काम गरिरहेका छन् । उनी योग, ध्यान, सत्सङ र सेवाका माध्यमबाट जीवनलाई सार्थक बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘दैनिक एक डेढ घण्टा मात्र योग, ध्यान र सुदर्शन क्रिया गरेमा दिन भरी स्पूmर्तीका रुपमा काम गर्न सकिन्छ । ह्याप्पिनेस प्रोग्रामले कुलत फस्नबाट जोगाउने र ब्यक्तिलाई अहिंसात्मक बनाउँछ ।’ प्रशिक्षक लम्सालले विद्यालय र कलेजहरुमा एक दिने ध्यान र ज्ञानका कक्षा सञ्चालन गरिरहेको बताए ।

Next Post

स्थायी गर्न माग गर्दै राहत शिक्षकद्वारा काठमाण्डौमा प्रदर्शन

२१ आश्विन २०७५, आईतवार १४:२४
सदरलाइनडटकम, काठमाण्डौ : राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाण्डौमा सरकारविरुद्ध प्रर्दशन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आईतवार काठमाण्डौमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् । माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म यार्लीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त […]