राष्ट्र संकटमोचनको लागि हनुमान धाम निर्माण गर्ने

८ माघ २०७३, शनिबार १२:१३
 

सदरलाइनडटकम  
८ माघ, काठमाडौं : श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी बैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ २०७३÷०७४ गर्ने भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर निर्माण कार्य समितिले यस्तो जानकारी दिएको हो । निर्माण कार्यसमितिका संयोजक रविराज पौडेलले उक्त सप्ताहज्ञानमहायज्ञमा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दुबाट वाचन हुने समेत जानकारी दिए ।
काठमाडौंको बल्खुमा हुने उक्त सप्ताहज्ञानमहायज्ञमा दशौं लाख भक्तजनहरु आउने विश्वास समेत आयोजकले लिएको छ ।
राष्ट्र नै यतिवेला संकटमा परेको र यसको निवारणको लागि वा संकटमोचनको लागि अनिवार्य गर्नेपर्ने भएकोले यो कामको सुरुवात गर्न लागिएको संयोजक पौडेलले जनाए ।
नेपालमा ९४ प्रतिशत हिन्दुहरु हुँदाहुँदै पनि धर्म खोसिएको उल्लेख गर्दै भने,‘हो, यही हो संकट भनेको, हामी ९४ प्रतिशत हुँदापनि पनि हाम्रो धर्म खोसिएको हुनाले यसको मोचनको लागि यो हनुमान धाम निर्माण गर्नु अनिवार्य छ ।’
कार्यक्रममा पूर्वराजपरिषदका सदस्यसचिव द्धारिकामानसिंह प्रधानले पनि धाम अनिवार्य रुपमै बनाउनुपर्ने विचार व्यक्त गरे। उनले भने,‘चार धामजतिकै महत्वपूर्ण हनुमान धाम नेपालमा निर्माण गर्नुपर्छ ।’ समितिका अध्यक्ष स्वामी सेवकले धाम निर्माणको आवश्यकत्ता बारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८ माघ २०७३, शनिबार १२:१३