नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली सञ्चालन

सदरलाइन संवाददाता २० असार २०८०, बुधबार १२:५८
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।

नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमीबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमबारे जानकारी लिन सकिनेछ ।


प्रवक्ता निरौलाले भने, “अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुनेछ ।”

नेपालगञ्ज विमानस्थलमा प्राधिकरणले थप दुई हजार पाँच सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको छ । करिब तीन अर्बको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ । हाल धावनमार्गको लम्बाइ एक हजार पाँच सय मिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला

२० असार २०८०, बुधबार १२:५८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ कोहलपुर बसपार्क स्थित प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान करीब ४ बजे ५ फिट ४ ईन्च उचाई भएको, अन्दाजी ३७ वर्षीय पुरुष मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए […]