भारतीय पाइलट पाकिस्तानद्वारा रिहा

१७ फाल्गुन २०७५, शुक्रबार १८:०४
 

सदरलाइनडटकम,
काठमाण्डौ : बुधवार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरेको छ । पाकिस्तानले शुक्रवार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो ।
उनलाई पञ्जावको वगाहा आरती नाकाबाट भारत ल्याइएको छ । भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जनाएको छ । उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने बताइएको छ । बुधवार बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत कस्मिरमा खसालेको थियो । सो जहाजमा रहेका पाइलटलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो ।
भारतले दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर अभिनन्दनको रिहाइको माग गरेको थियो । बिहीवार पाकिस्तानको संसदमा बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप वायु सेनाका चालकलाई भारतलाई बुझाउने बताएका थिए । फेब्रुअरी २६ मा भारतीय सैनिक जहाजले पाकिस्तानी भूमिमा बम खसालेपछि चुलिएको भारत–पाक सम्बन्धको तनाव अभिनन्दनको रिहाइसँगै मत्थर हुने अपेक्षा गरिएको छ ।
(एजेन्सी)

Next Post

तरवार प्रहार हुँदा एकजना गम्भीर घाईते

१७ फाल्गुन २०७५, शुक्रबार १८:०४
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुरमा एक ब्यक्तिमाथि तरवार प्रहार भएको छ । तुलसीपुर ४ रक्षाचौर निवासी अञ्दाजी २७ बर्षीय गणेश हमाल माथि तरवार प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुई तीनजनाको समूहमा आएका केही युवाहरुले हमाल माथि तरवार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब […]