नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी

सदरलाइन संवाददाता ६ फाल्गुन २०८०, आईतवार १८:१७
 

नेपालगञ्ज : नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।

कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट सङ्घ सुर्खेतको टोलीले लुम्बिनी नेत्रहीन क्रिकेट सङ्घ, रुपन्देहीलाई २९ रनले हरायो । लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएर लुम्बिनीको लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो ।


लुम्बिनीले जवाफी ब्याटिङमा १६ ओभरमा अल आउट हुँदै एक सय २८ रन बनाएको थियो । प्लेयर अफ दि म्याच घोषित हुनुभएका कर्णालीका यज्ञबहादुर थापाले ५७ रन बनाए । कोहलपुरमा सञ्चालन भइरहेको प्रतियोगितामा बाँके, बर्दिया, चितवन, कर्णाली र लुम्बिनीका नेत्रहीन खेलाडीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राँझामा अर्गानिक तरकारी विक्रि केन्द्र सञ्चालनमा ल्याईयो

६ फाल्गुन २०८०, आईतवार १८:१७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. २० राँझामा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रको उद्घाटन गरि सञ्चालनमा ल्याईएको छ । स्थानीय किसानले उत्पादन गरेको प्रांगारिक तरकारी विक्रिकेन्द्र नहुँदा उत्पादन खेरगएको गुनासो आई रहेको अवस्थामा सो विक्रि केन्द्र सञ्चालनमा आएपछि तरकारी उत्पादक किसानमा खुशी छाएको छ । एमडिएम फ्रान्स […]

सम्बन्धित