राजनीतिक प्रतिशोधका कारण घरमा पसेर आक्रमण भयो : पाठक

सदरलाइन संवाददाता ७ जेष्ठ २०७९, शनिबार १५:१७
 

नेपालगञ्ज : नेपालगञ्ज–१७ परस्पुरमा गत जेठ ५ गते राति निबर्तमान वडा अध्यक्ष अजय पाठकको घर अगाडि भएको झडप राजनीतिक प्रतिशोधको कारणले गराईएको आरोप लगाईएको छ ।

गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा जितेका लक्ष्मणप्रसाद बर्मा नेतृत्वको टोलीले निवर्तमान वडा अध्यक्ष पाठकको घर अगाडि पुगेर होहल्ला र कुटपिटको बाताबरण सृजना गरी झडप गराईएको पाठकले बताए ।

निवर्तमान वडा अध्यक्ष पाठकले निर्वाचनमा आफ्नो उम्मेदवारी रद्द भएको भएपनि पार्टीबाट वडा सदस्यमा निर्वाचित सदस्यहरुको विजयी र्याली निर्वाचन नतिजा सार्वजनिक भएसंगै निकालेको र आफु पारिवारीक कामले भारतमा रहेको बेला संविधान सभा सदस्य बादशाह कुर्मीको ईशारामा आफ्नो घरमा पसेर हुलहुज्जत गरी कुटपिट गएिको दाबी गरे ।

उनले भने–‘ वडा अध्यक्षमा निर्वाचित लक्ष्मणको अगुुवाईमा नियोजित ढंगले घरमा पसेर कुटपिट गरिएको छ । म घरमा थिएन उनीहरु मै माथि आक्रमण गर्ने उद्देश्यले आएका रहेछन ।’ सो घटनामा परेर धरणीधर पाठक, विजय पाठक, विशाल पाठक, अतुलकुमार पाठक, प्रमोद नाउ, नरेश नाउ, दुखि नाउ घाइते भएको बताए ।


धरणीधर पाठक नेपालगञ्जको चर्चित घटना निर्मला कुर्मी काण्डका साक्षि हुन । निर्मला कुर्मी काण्डमा संविधान सभा सदस्य बाद्शाह अभियोगी हुन । सो काण्डमा साक्षी रहेका वुवा धरणीधर माथि आक्रमण हुनुले पनि यो घटना सुनियोजित रहेको उनको दाबी छ ।

सो घटनामा घाइते रहेका केहीको उपचारपछि घर पठाईएको भएपनि अधिकांश अस्पतालमा उपचारर्थ भर्ना भएका छन । यसैबीच सो घटना पाठक परिवारले आफुहरु माथि आक्रमण गरेको र आफुहरुले प्रतिकार गरेको संविधान सभा सदस्य कुर्मीले दाबी गरेका छन ।

उनले पाठक परिवारको कुटाईबाट वडा अध्यक्षमा निर्वाचित भाई लक्ष्मणको नाक भाँचिएको, भतिजो संदिप बर्मालाई कुटपिट भएको बताए । उनले भने–‘ पाठकको घर भएको बाटो हुँदै आउदै गरेको भतिजो संदिपलाई कुटपिट गरेपछि भाई लक्ष्मणको टोली बचाउमा गएको बेला उल्टो कुटपिट भएको छ । भाई र भतिजो दुबै उपचारको लागि अस्पतालमा भर्ना भएका छन ।’

यता प्रहरीले सो राती भएको झडपमा दुबै पक्षका घाइते भएको र दुबै पक्ष उपचारको क्रममा रहेको जनाएको छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनालाई नजिकबाट अनुसंन्धान सुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवारबाट सबै म्यादी प्रहरीको विदाई

७ जेष्ठ २०७९, शनिबार १५:१७
नेपालगञ्ज : शनिवार देशभरका म्यादी प्रहरी बिदा भएका छन् । शुक्रबारदेखि नै उनीहरुलाई बिदा गर्न थालिएको छ । शनिबार सबैजना बिदा भइसकेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गरिएको थियो । ४० दिनका लागि भर्ना भएका म्यादी अवधि सकिएसँगै बिदा […]