मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २३ पुष २०७८, शुक्रबार १५:२०
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

कोहलपुर एनटिभि रोडबाट बिहीवार राति भे ४ प ३७६८ नं. को स्कुटर चोरी गरेर लैजाने क्रममा दैलेख चौराठा बस्ने ३२ वर्षका राम बहादुर रानालाइ गएराति साढे ११ प्रकाउ गरेको हो ।


त्यस्तै कोहलपुर ११ बसपार्कमा रहेको रेडिसन होटलमा पार्किङ गरी राखिएको बा ७६ प १६०६ नं. को मोटरसाइकल २१ गते राति १ बजे चोरेको आरोपमा कोहलपुर ५ बस्ने २२ वर्षका बिष्णु हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दिउँसै मापसे गरेर सवारीसाधन चलाउने बढे

२३ पुष २०७८, शुक्रबार १५:२०
नेपालगञ्ज : बाँकेमा पछिल्लो समय दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको छ । जाडोयाम शुरु भएसँगै दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग […]