कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार १७:४९
 

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलारा अन्तरगत पूर्वपश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्थानीय अस्पतालमा सामान्य उपचारपछि राजमतीलाई कोहलपुर रेफर गरिएको छ ।


दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक ५ वटामा काँग्रेस १ वटा माओवादी केन्द्र

६ जेष्ठ २०७९, शुक्रबार १७:४९
नेपालगञ्ज : बाँकेका ८ वटा स्थानीय तह मध्ये २ वटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी रहेको छ । घोषित नतिजा अनुसार नेपाली काँग्रेसले सबै भन्दाबढी ५ वटा पालिका जितेको छ । भने एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा ४ पालिका जितेको एमालेले पालिकाको […]

सम्बन्धित