कोरोनाबाट भारतमा १० हजारभन्दा बढी संक्रमित

२ बैशाख २०७७, मंगलवार १५:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट १० हजारभन्दा बढी संक्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्म १० हजार २३ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ भने एक हजार ३५ जना उपचारपछि निको भएका छन् । पछिल्लो समय भारतमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान देशको नाममा सम्बोधन गर्दै आउँदो मे ३ सम्मका लागि लकडाउनको अवधि बढाएका छन् । कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन मंगलवार पुरा हुँदैछ । सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए ।
साथै उनले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए । लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्यांकन हुने बताए । यदि लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रष्ट पारे ।

Next Post

नक्कली बिरामी चढेको एम्बुलेन्स पक्राउ

२ बैशाख २०७७, मंगलवार १५:५३
सदरलाइनडटकम, सल्यान : नक्कली बिरामी बनी एम्बुलेन्सको दुरुपयोग गरेको आरोपले प्रहरीले सल्यानमा चार जनालाई पक्राउ गरेको छ । झुठो कागजात र नक्कली बिरामी बनाई रुकुमबाट दाङको तुलसीपुर जाँदै गरेका उनीहरुलाई बागचौर नगरपालिका ४ बांगेलाखुरीबाट प्रहरीले एम्बुलेन्ससहित समातेको हो । मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ […]