बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक ५ वटामा काँग्रेस १ वटा माओवादी केन्द्र

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार १९:३९
 

नेपालगञ्ज : बाँकेका ८ वटा स्थानीय तह मध्ये २ वटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी रहेको छ । घोषित नतिजा अनुसार नेपाली काँग्रेसले सबै भन्दाबढी ५ वटा पालिका जितेको छ । भने एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा ४ पालिका जितेको एमालेले पालिकाको वडामै चित्त बुझाउनु परेको छ ।

बाँकेको राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको हो । अन्तिम परिणाम घोषित हुन बाँकी कोहलपुर नगरपालिकामा नेपाली काँग्रेस र नरैनापुरमा जसपा अग्रस्थानमा रहेको छ ।

राप्तीसोनारी गाउपालिकामा नेपाली काँग्रेसका तप्त पौडेलले १० हजार १ सय ४३ मत ल्याई अध्यक्षमा र पूर्णिमा सिंह थारुले १० हजार १ सय ४३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २ सय ९२ मत प्राप्त गरे भने एमालेका रामदास थारुले ९ हजार १ सय २४ मत प्राप्त गरेका थिए ।

९ वटा वडा रहेको राप्तीसोनारीमा नेपाली काँग्रेसले अध्यक्ष–उपाध्यक्ष मात्र जित हासिल गरेको छ, भने एमालेले ५ वडा, माओवादी केन्द्रले ३ वडा र राप्रपाले १ वडामा जित निकालेको छ ।

यसैगरी डुडुवा गाउपालिकामा नेपाली काँग्रेसका नरेन्द्र चौधरी र शायदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अध्यक्ष चौधरीले ६ हजार २ सय ७२ मत ल्याएका थिए उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले ५ हजार १ सय २५ मत प्राप्त गर्दा एमालेका सरोज कुमारी यादवले ३ हजार ७ सय ११ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा शायदाले ५ हजार ८ सय ६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले ४ हजार ७ सय ५४ मतले पछाएकी थिईन भने एमालेका शकिल खानले ४ हजार १ सय ५८ मत ल्याउदै तेस्रो स्थान ल्याएका थिए । ६ वडा रहेको सो पालिकामा एमाले २, जसपाले ३ र काँगे्रसले १ वडामा जित हासिल गरेको छ ।


नेपालगञ्ज उपमहानगरमा जसपा–काँग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रशान्त विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरी विजयी बनेका छन् । उनले एमालेका पशुपति दयाल मिश्रलाई झण्डै दोब्बर मत अन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन । मिश्रले ११ हजार ६ सय ७५ मत ल्याएका थिए भने राप्रपाका नन्दलाल बैश्यले ७ हजार ५ सय ९५ मत ल्याई तेस्रो स्थानमा पुगेका हुन ।

उपमेयरमा गठबन्धनबाटै जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेबी ढकालले १० हजार ९ सय १५ मत ल्याएर दोस्रो र राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी थिईन । २३ वडा रहेको नेपालगञ्जमा उपमेयर सहित ६ वडा जितेर पहिलो पार्टी, मेयरसहित ५ वडा जितेर नेपाली काँग्रेस दोस्रो, ५ वडा जितेर एमाले तेस्रो, ४ वडा जितेर माओवादी केन्द्र चौथो र ३ वडामा जित निकालेर राप्रपा पाँचौ स्थानमा पुगेको छ ।

यसैगरी बाँकेको खजुरा गाउपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्षमा बिजयी भएका छन । उनले १० हजार ७ सय ९० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गरेका थिए ।

सो गाउपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी उपाध्यक्ष मञ्जु मल्लदे १० हजार ३४ मत प्राप्त गरी विजयी हासिल गरीन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तजरुन निशाले ८ हजार ९१ मत प्राप्त गरेकी थिईन । ८ वडा रहेको खजुरामा माओवादी केन्द्रले ४, काँगे्रस ३ र एमालेले १ वडा मात्र जितेको छ ।

जनाकी गाउपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले ४ हजार ७ सय ९५मत ल्याए । उपाध्यक्षमा नेपाली काँग्रेसकै रामप्यारी यादवले ६ हजार ६ सय ९ मत ल्याउदै बिजयी हुँदा उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी भुमिसरा धितालले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन । धिताल निवर्तमान उपाध्यक्ष हुन । ६ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले १ वडा जसपाले २ वडा, काँग्रेसले ३ वडामा जित हासिल गरेको छ ।

यसैगरी बाँकेको बैजनाथ गाउपालिकामा नेपाली काँग्रेसका प्रकाश शाहले १२ हजार १ सय ८० मत प्राप्त गरेर विजयी भएका छन । उनका उनका निकटतम प्रातिद्वन्द्वी एमालेका घननाथ खनालले १० हजार ३ सय ८२ मत प्राप्त गरे भने माओवादी केन्द्रका दिपेन्द्र शाहले ५ हजार २ सय १४ मत प्राप्त गरी तेस्रो भए ।

बैजनाथ गाउपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका निर्मला रोकायले १२ हजार १ सय ५२ मत प्राप्त गरी बिजयी भईन । उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७ सय ३३ मत प्राप्त गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका मेयर रावतले सार्वजनिक गरे आफ्ना कार्यकालका उपलब्धिहरु

६ जेष्ठ २०७९, शुक्रबार १९:३९
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले आफ्नो कार्यकालको उपलब्धिका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन । नगर विकासको भवनमा पत्रकार सम्मेलनको आयोजना गरी भावुक हुँदै उनले कोहलपुरका जनता प्रति आफू सधै आभारी रहने प्रतिबद्धता जनाउदै कोहलपुरको विकासको लागि आफ्नो योगदान आवश्यक भए तत्पर रहने बताए । ‘मलाई […]