राप्तीसोनारीमा एमालेका रामदासको अग्रता कायमै

सदरलाइन संवाददाता १ जेष्ठ २०७९, आईतवार १९:२१
 

राप्तीसोनारी (बाँके)  : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुको अग्राता कायमै रहेको छ । उनले कांग्रेसका तप्त पौडेललाई दोस्रो स्थानमा राख्दै १४८ मतले अग्रता लिएका छन् ।

अहिलेसम्मको मतगणना अनुसार एमालेका थारुले ४८९५ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ४७४७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा १४८ मतले पछि छन् ।


त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ३०५१ मत ल्याएका छन् । त्यस्तै जसपाका प्रेम डाँगीले ५२ मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ४९७३, कांग्रेसकी मनिषासिंह थारुको ४७१६ र माओवादीकी मन्जु रोकायले २७१० मत पाएका छन् । अहिले वडा नम्बर ४,८ र ९ को मतगणना जारी छ । वडा नं. १, २ र ३ मा एमालेले जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा यस्तो छ मतगणनाको अवस्था

१ जेष्ठ २०७९, आईतवार १९:२१
नेपालगञ्ज : गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले ७३ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेलले दोस्रो स्थानमा रहँदै एमालेका थारुलाई पछ्याइरहेका छन् । मतगणनाको पछिल्लो अनुसार एमालेका थारुले ७१०० मत ल्याउँदै पहिलो स्थानमा छन् […]