नेपालगञ्जमा शनिबार बिहान ९देखि राती ८ सम्म निषेधाज्ञा, राती ८ देखि २१ गते बिहान ४ सम्म कर्फु

सदरलाइन संवाददाता २० आश्विन २०८०, शनिबार ०७:१२
 

नेपालगञ्ज :  नेपालगञ्जमा जारी कफ्यु र निषेधाज्ञामा स्थानीय प्रशासनले केही हेरफेर गरेको छ । बाँके प्रशासनले २० गते शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा र राती ८ बजेदेखि २१ गते बिहान ४ बजेसम्म सोही क्षेत्रमा कर्फु आदेश जारी गरेको छ ।

यसअघि सो क्षेत्रमा राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फु र बिहान ६ देखि राती ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फु आदेश र निषेधाज्ञामा केही खुकलो पार्दै लगेको होे ।


बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज शनिबार विहान जारी विज्ञप्तीमा असोज २० गते बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्जमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । यसअघि बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी भएको थियो ।

२०८० असोज २० गते राती ८ बजेदेखि असोज २१ गते बिहान ४ बजेसम्म कर्फु आदेश जारी गरेको छ । स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एकठाँउमा ५ जना भन्दाबढी जम्मा हुन नपाउने गरी निशेधज्ञासमेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैमा अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मयोगी बद्री विक्रम पुरस्कार डा.गैरे र अभिलाषीलाई

२० आश्विन २०८०, शनिबार ०७:१२
कोहलपुर (बाँके) : साहित्यकार डा.नारायण प्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार कोहलपुरमा सम्मानित गरिएको छ । कर्मयोगी बद्री विक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८० बाट डा.गैरे र कर्मयोगी बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार–२०८० बाट कवि नवीन अभिलाषी जनही […]