बाँकेमा यस्तो छ मतगणनाको अवस्था

सदरलाइन संवाददाता २ जेष्ठ २०७९, सोमबार ११:५१
 

नेपालगञ्ज : गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले ७३ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेलले दोस्रो स्थानमा रहँदै एमालेका थारुलाई पछ्याइरहेका छन् ।

मतगणनाको पछिल्लो अनुसार एमालेका थारुले ७१०० मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ७०२७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा ७३ मतले पछि छन् ।

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ५७६९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७२००, कांग्रेसकी मनिषासिंह थारुको ६९९२ र माओवादीकी मन्जु रोकायले ५३७० मत पाएका छन् । अहिले मतगणना जारी छ ।

यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् । वडा नम्बर १, २, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ४२५७ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र १८८७ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा २३७० मतले अघि छन् । राप्रपाका नन्दलाल बैश्यले १६३५ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले २९६९ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले २१५५ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको १७१९ मत आएको छ । अहिले वडा नम्बर ४, १९ र को मतगणना हुँदैछ । वडा नम्बर ३ र २० को मतगणना सकिएको छ । तर, त्यो तथ्यांक यसमा समावेश छैन ।

यसैगरी बाँकेको खजुरा गाउपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले ५४८७ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका डम्बर विक तुफाने ५०१३ मतका साथ पछाउदै आएका छन । खजुरामा उपाध्यक्षमा एमालेका साकरुन निशाले ४७५८ मतले अग्राता लिएकी छन भने उनलाई गठबन्धनकी मञ्जु मल्लले ४७३६ मतले पछाउदै आएकी छन् ।


बाँकेको डुडुवामा काँग्रेसका नरेन्द्र चौधरीले २४६६ मत प्राप्त गरी अग्रस्थानमा छन । उनलाई एमालेकी सरोजदेवी यादवले पछाउदै १५८२ मत ल्याएकी छन् ।जसपाका भण्डारीलाल यादवले १४४५ मत ल्याई तेस्रो स्थानमा छन ।

डुडुवा मा उपाध्यक्षका लागि काँग्रेसका शायदा बानोले २३०७ मत प्राप्त गरी अग्र स्थानमा छन । उनलाई एमालेका शकिल अहमद खाँनले १६७६ मत ल्याएर पछाउदै छन, भने जसपाका तरन्नुम बानो १४४५ मत ल्याएर तेस्रो अवस्थामा रहेकी छन ।

यसैगरी बाँकेको जानकी गाउपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले २३०२ मत प्रँप्त गरी पहिलो स्थानमा रहेका छन । उनलाई एमालेका हिमान्शु यादवले १४४३ मतले पछाउदै दोस्रो र जसपाका राजिव बर्माले १२९४ मत ल्याएका छन ।

उपाध्यक्षमा नेपाली काँग्रेसका रामप्यारी यादवले २४०५ ल्याई अग्रस्थानमा छन । उनलाई माओवादी केन्द्रका रक्षाराम यादवले १२७३ मतले पछाउदै छन भने तेस्रो स्थानमा एमालेकी भुमिसरा धितालले ९२३ मत ल्याएकी छन् ।

कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका पुर्णप्रसाद आचार्यले २३४८ मत ल्याई अग्रस्थानमा रहेका छन । उनलाई एमालेका खिलप्रसाद भुसालले १९८८ मतले पछाउदै दोस्रो स्थान र माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले १६९३ मतका साथ तेस्रो स्थानमा रहेका छन ।

उपमेयरमा नेपाली काँग्रेसकै संगिता सुवेदी पौडेलले २५०२ मत प्राप्त गरि अग्र स्थानमा रहेकी छन । उनलाई एमालेकी अस्मिता थारुले २०८८ मत प्रप्त गरी दोस्रो स्थन र एकीकृत समाजबादीकी नारायणी वलीले ८८७ मत प्राप्त गरेकी छन ।

नरैनापुरमा मतगणना जारी भएपनि नतिजा सार्वजनिक भएको छैन भने बैजनाथमा मतगणना स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २२ वटा वडाको नतिजा सार्वजनिक एमाले अग्रस्थानमा

२ जेष्ठ २०७९, सोमबार ११:५१
नेपालगञ्ज :  बाँकेका ८१ वटा वडा मध्ये २२ वडाको अन्तिम मत परिणाम सार्बजनिक हुँदा एमालेले अग्रता कायम गरेको छ । मत नतिजा अनुसार एमालेले ८, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले ५, जसपाले ३ र राप्रपाले १ वटा वडा जितेका छन् । कसले कहाँ जिते १. नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट […]