बाँकेमा तीनवर्ष दुई महिनामा २ सय ३० ले गुमाए सडक दुर्घटनामा ज्यान

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १५:४९
 

 

नेपालगञ्ज  :  बाँकेमा पछिल्लो ३ वर्ष र चालु आर्थिक वर्षको दुई महिनामा सडक दुर्घटनामा परेर २ सय ३० ले ज्यान गुमाएका छन । सडक दुर्घटनाको मुख्य कारण तीब्र गति नै रहेको पाईएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार पछिल्लो ३ वर्ष २ महिनामा भएका ४ सय ४४ वटा सवारी दुर्घटनाका घटनामा परेर २ सय ३० जनाले ज्यान गुमाउदा ५ सय २० जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।


उनले सवारी दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरवाही, माधक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायको झुण्ड हुनु, सवारी साधनको अवस्थाका कारण सवारी दुर्घटना हुने गरेको पाईएको बताए । उनले सो अवधीमा करिव ४५ वटा चौपाय सडक दुर्घटनामा मारिएको समेत बताए ।

उनले पछिल्लो ३ वर्ष ३ महिनामा ट्राफिक नियम उलंघन गरेको अभियोगमा १ लाख ३१ हजार ८ सय ८९ जना कारवाहीमा परेको बताए । यीबाट ७ करोड ५८ लाख ३१ हजार राजस्व समेत असुलेको बताउदै सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सचेतनाका विभिन्न गतिविधि सञ्चालन गर्नुको साथै मापसे चेकजाँचलाई तीब्र पारिएको जानकारी दिए ।

उनले जिल्लामा सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न निकायसंग सहकार्य गरी अघि बढ्नुको साथै ट्राफिक सचेतना कार्यलाई विद्यालय स्तरसम्म पुराउने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिन्दी भाषाको विकासको लागि भारतीयले विदेशीसँग हिन्दीमा कुरा गर्नुपर्छ : प्राे.एमपी शर्मा

३१ भाद्र २०८०, आईतवार १५:४९
दिल्ली (भारत) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा ‘हिन्दी भाषाको विश्वव्यापी स्थिति’ सम्बन्धी कवि सम्मेलन तथा छलफलको आयोजना गरिएको छ । राष्ट्रिय लोक जनशक्ति पार्टी कार्यालयमा आयोजित कार्यक्रमको शुरुवात कवि तथा अतिथिहरुलाई राजपाका राष्ट्रिय महासचिव एल्विस जोसेफ, दलित सेनाका राष्ट्रिय कोषाध्यक्ष डा रविन्द्रकुमार सिंह बौद्धिक कक्षका अध्यक्ष जियालालले स्वागत […]