मोहर्रमको अन्तिम दिन शुक्रवार सेलाइयो ताजिया

५ आश्विन २०७५, शुक्रबार १९:१२
 


सदरलाइनडटकम,

नेपालगञ्ज : मोहर्रम पर्वअन्तर्गत इस्लाम धर्मावलम्बीले शुक्रवार ताजिया सेलाएका छन् । बिहीवार रातीदेखि राखिएको ताजिया इस्लाम धर्मावलम्बीले कर्बलामा लगेर सेलाएका हुन् ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको छोरीको छोरा इस्लाम धर्मका संरक्षक धर्मगुरु हजरत इमाम हुसैनको सम्झनामा राखिएको ताजिया बाँकेको विभिन्न कार्बलामा लगेर सेलाइएको मौलाना जब्बार मन्जरीले बताए ।


हिजरीको पहिलो महिना मोहर्रमको १० तारिखका दिन इस्लामका संरक्षक धर्मगुरु हुसैनले इस्लाम धर्म बचाउने क्रममा इराकको बगदादस्थित कर्बलामा शहादत प्राप्त गरेको सम्झनामा इस्लाम धर्मावलम्वीले आआफ्नो घरमा राखेको ताजिया दोश्रो दिन सेलाउने चलन रहेको उनले बताए ।
इस्लाम धर्मका संरक्षक धर्मगुरु हुसैनले शहादत प्राप्त गरेको दिनको स्मरणमा ताजिया राख्ने प्रचलन रहेको मौलाना जब्बार मन्जरीले बताए ।
हिजरी सम्वत ६१ मा राजतन्त्र अर्थात खलिफा राज्यमा खलिफाको निधनसँगै उनका छोरा राजा भए र उसको वानी व्यहोरा तथा चरित्र ठीक नभएकोले मुस्लिम समुदायले विरोध गरिरहेका थिए ।



सोही विषयलाई लिए इराकको कर्वला मैदानमा ठूलो लडाईँ हुँदा हजरत मुहम्मदले निरंकुशता स्विकार नगर्ने भन्दै बरु आफ्नो प्राण त्याग गर्ने निक्र्योल निकालेका उनले निरंकुशता अन्त्य गर्न सफल गराए पनि आफ्नो प्राणको आहुती दिएको सम्झनामा हरेक बर्ष मोहर्रम पर्व मनाइने परम्परा बसेको इस्लाम धर्माका जानकारहरु बताउँछन् ।
आजभन्दा १४ सय वर्षपहिले निरकंश शासनविरुद्ध अभियान चलाएका हुसैनसँगै परिवारका ७२ जना सदस्य शहीद भएका थिए ।
बाँकेको सुरक्षा व्यवस्था कडा
हिुन्दु र इस्लाम धर्मावलम्बी चाडपर्व नजिकिएको समयमा बाँके प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । दुबै धर्म सम्मिलित व्यक्ति, अगुवा, नागरिक समाज, बुद्धिजीवी, प्रहरीसहितको उपस्थितीमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिको बसेको बैठकले सामाजिक सद्भाव नखल्बिलिने गरी आ–आफ्नो चाड मनाउन यसअघिनै सबैसँग अपीलसमेत गरिसकेको छ ।
मुस्लिम सुमदायको मोहर्रम पर्वअन्तरगत ताजिया विर्सजनमा उच्छृङ्खल तत्वलाई दृष्टिगत गर्दै जिल्लाको सुरक्षा अवस्था चुस्तदुरुस्त बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

Next Post

निर्वाचनमा वामदेवलाई पराजित गर्ने काँग्रेस प्रवक्ता शर्माको दाबी

५ आश्विन २०७५, शुक्रबार १९:१२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतम जुनसुकै निर्वाचन क्षेत्रबाट उठेपनि काँग्रेसनै विजयी हुने दाबी गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उनले नेकपाले कुनै सिट खाली गराएर नेता गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा बर्तमान सरकारको जनमतको परीक्षण हुने बताए । प्रवक्ता […]