सिकाइमा सुधारका लागि उपचारात्मक कक्षा सञ्चालन गरिने

सदरलाइन संवाददाता २५ जेष्ठ २०८०, बिहीबार १६:५२
 

बर्दिया : सिकाइमा सुधारका लागि उपचारात्मक कक्षा सञ्चालन गरिने भएको छ ।
नेपाल सरकार लगायत शैक्षिक सरोकारवालाको मुख्य जोड विद्यार्थीको सिकाइमा सुधार गर्नुपर्ने भएकोले उपचारात्मक कक्षा एउटा उपाय हुन सक्ने सरोकारवालाले बताएका छन् ।

विशेष गरी, सामुदायिक विद्यालयका एउटै कक्षाका विद्यार्थीबीच पनि सिकाइको स्तरमा निकै असमानता रहेका कारण माध्यमिक तहका कक्षामा सिक्नुपर्ने विषयवस्तु उपल्लो कक्षामा पुग्दासम्म पनि सिक्न नसकिरहेकोले एउटै सिकाइको स्तर भएका विद्यार्थीको समुह निर्माण गरी उपचारात्मक कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो ।

प्लान इन्टरनेशन नेपाल तथा र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) द्वारा बर्दियाको बारर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकामा ४३ वटा परियोजना सञ्चालन भएका सामुदायिक बिद्यालयमा बालबिबाह न्युनिकरण परियोजना मार्फत उपचारात्मक कक्षा सञ्चालन गर्न लागिएको छ ।

परियोजना सञ्चालन भएका सामुदायिक बिद्यालयको उपचारात्मक कक्षाको माध्यमबाट विद्यालयमा अध्ययनरत बालिकाहरुको विद्यालय छाड्ने बालबालिकाहरूमा विद्यालय छाड्ने सोच÷विचार लगातार अनुत्तीर्ण हुने र पढाएको कुरा बुझ्नका लागि यो कक्षा प्रभावकारी हुने देखिएको छ ।


उपचारात्मक कक्षाले उत्तीर्ण हुने वातावरणको निर्माण गर्न विद्यालयमा जान्ने र नजान्ने अनि अनुत्तीर्ण भइरहने विद्यार्थीहरूमाझ शिक्षकको समान सकारात्मक दृष्टिकोण जन्माउन र उनीहरूलाई विद्यालय शिक्षामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सवाललाई उपचारात्मक शिक्षण सिकाइले सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ ।

उपचारात्मक कक्षाको गुणस्तर नियमित सञ्चालनका लागि बिद्यालय प्रसाशनबाट छड्के जाँच, तथा कक्षाकोठा अनुगमन, शिक्षक स्वःमूल्यांकन फाराम लगायत यस कक्षाको प्रभावकारी गर्ने गरि बारबर्दिया शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा उपचारात्मक कक्षा सञ्चालन गर्ने शिक्षकहरुका लागि उपचारात्मक कक्षा आबश्यकता, महत्व, सञ्चालनको बिधी र कार्ययोजना सहित अभिमुखिकरण सम्पन्न गरिएको छ ।

अभिभमुखिकरणमा ११ वटा परियोजना बिद्यालयका गणित, अँग्रेजी, बिज्ञान र सामाजिक बिषयगत शिक्षकको सहभागिता रहेको थियो । वारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रास खुमराज काप्लेले सहजिकरण गरेका थिए भने कार्यक्रम सञ्चालन परियोजना फिल्ड सुपरभाइजर राकेश कडेलले गरेको परियोजना शिक्षा तर्फका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

२५ जेष्ठ २०८०, बिहीबार १६:५२
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकालाई शुक्रवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाइएपछि शुक्रवार पालिका खोप समन्वय समिति कोहलपुरको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला खोप समन्वय समितिका सह संयोजक समेत रहनु भएका जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीले कोहलपुरलाई […]