पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

२ मंसिर २०७६, सोमबार १६:१५
 

सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा छोरी प्रेरणा पनि छन् । ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रशंसा गर्नुभएको छ ।


उनले ट्वीटरमा लेखेका छन, राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक राजसंस्था ।


Next Post

नेपाली भूमि फिर्ता माग्दै दाङमा प्रर्दशन

२ मंसिर २०७६, सोमबार १६:१५
सदरलाइनडटकम, दाङ : भारतले नेपाली भूमि आफ्नो नक्सामा गाभेको बिरोध गर्दै दाङमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । माध्यमिक विद्यालय रझेना घोराहीका विद्यार्थीहरुले भारत विरुद्ध प्रर्दशन गर्दै नेपाली भूमि फिर्ता गराउन सरकारलाई दवाव स्वरुप जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । नेपाली भूमि मिच्न पाईदैन, लिपुलेक हाम्रै हो, भारतिय हस्तक्षेप बन्द […]