आचार संहिताको खिल्ली उडाउदै गृहमन्त्री नै चुनावको प्रचार गर्दै घरदैलोमा

६ असार २०७४, मंगलवार ०८:४७
 

सदरलाइन/रुद्र सुवेदी  
६ असार, नेपालगन्ज : दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति बारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगन्जमा आयोजित सुरक्षा गोष्ठिमा सहभागि हुन आएका गृहमन्त्री निर्वाचन आचारसंहिताको खिल्ली उडाउदै माओवादी केन्द्रको घरदैलोमा हिडेका छन् ।
सुरक्षा गोष्ठिको उद्दघाटन गर्नको लागि नेपालगन्जमा आएका गृहमन्त्री जनार्दन शर्मा प्रभाकर नेकपा माओवादी केन्द्रको लागि मत माग्दै घरदैलोमा हिडेका हुन् ।
सोमबार दिउसो नेपालगन्जमा प्रदेश नं. ५ का केही जिल्लाहरुको सुरक्षा अवस्थाको बारेमा गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठिको उद्दघाटन कार्यक्रम सकेर उनले खजुरा गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो सहित आमसभामा समेत सम्बोधन गरेका छन् ।
माओवादी केन्द्र निकट विद्यार्थी नेता तुलसीमणि केसीको फेसबुक वालमा राखिएको फोटो र लेखिएको स्टाटसले गृहमन्त्री शर्मा राति १० बजे पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गरेको पुस्टि हुन्छ । आचार संहिता पालना गर्ने र गराउने निकायमा रहेका उनले मन्त्रीको हैसियतले यो वेलामा पार्टीको चुनावी प्रचारमा लाग्नु हुन्छ कि हुदैन भन्ने बारे राम्रो ज्ञान भएका मन्त्री शर्माले निर्वाचन आयोगलाई समेत चुनौती दिदै पार्टीको प्रचारमा लागेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सांयोजक आईपी खरेलले गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले सुरक्षा गोष्ठि पछि बाँकेको खजुरा गाउपालिकाको रनियाँपुरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गरेको बताए । उनले मंगलबार बिहान बैजनाथ गाउपालिकामा कार्यक्रममा सहभागि भएर गृहमन्त्री शर्मा धनगढी तर्फ लागेको जानकारी दिए ।
उनले भने–‘हिजो खजुराको रनियाँपुरमा आयोजित सभालाई सम्बोधन गरी आज बिहान बैजनाथ गाउपालिकामा आयोजित कार्यक्रममा सहभागि भएर गृहमन्त्री ज्यु धनगढी तर्फ लाग्नुभयो ।’
तर,बाँकेको बैजनाथ गाउपालिकमा गृहमन्त्री नै घरदैलोमा हिडेपछि स्थानीय काँग्रेस, एमाले, राप्रपा लगायतका तर्फबाट विरोध गर्दै गृहमन्त्रीलाई निर्वाचन आचार संहिता बिरुद्ध भएको भन्दै विरोध गरेपछि सम्बोधन गर्न थालेका गृहमन्त्रीले २ मिनेट मै मञ्च छोडर भाग्नु पर्ने गरी लखेटिएको स्थानीयले बताएका छन् ।

फोटो : माओबादी केन्द्रका विद्यार्थी नेता तुलसीमणी केसीको फेशबुक वाल बाट


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीपारीको मटैया मावि स्रोत केन्द्र पठन उत्सव

६ असार २०७४, मंगलवार ०८:४७
सदरलाइनडटकम ६ असार, नेपालगन्ज : बाँकेको राप्तीपारीको मटैया मावि स्रोत केन्द्र अन्तरगतका विद्यालयका विद्यार्थीहरुको पढाई स्तरमा सुधार ल्याउनको लागि बृहद पठन उत्सवको आयोजना गरिएको छ । स्रोत केन्द्रस्तरका विद्यार्थीको सिकाई उपलब्धी मापन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत सो स्रोत केन्द्रका २१ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो […]