राप्तीसोनारीमा कारको ठक्करबाट बालिकाको मृत्यु

सदरलाइन संवाददाता २३ आश्विन २०७८, शनिबार १६:४०
 

राप्तीसोनारी (बाँके) : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत् बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकीमा कारको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग करिब चार घण्टापछि खुलेको छ ।

कोहलपुरबाट गएको प्रहरी टोलीले सम्झाई बुझाइ गरेपछि बाटो खुलेको हो । करिव चार घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएपछि पाँच सय बढी सवारीसाधन वीच बाटोमा रोकिएका थिए ।


सुर्खेतबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्वरको कारले ११ वर्षीया बालिका मेनुका विकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. १ बस्ने बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले क्षतीपूर्ति र दोषीमाथि कारवाहीको माग गर्दै बाटो अवरुद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छात्रालाई आत्महत्या दुरुत्साहन गर्ने प्रिन्सपल प्रहरी नियन्त्रणमा

२३ आश्विन २०७८, शनिबार १६:४०
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउपालिकाको चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् । पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह […]

सम्बन्धित