नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई

सदरलाइन संवाददाता २८ बैशाख २०७९, बुधबार १६:१३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुको आज एक कार्यक्रमका बीच विदाई गरिएको हो । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जनप्रतिनिधिहरुले भने यसअघि नै राजिनामा दिइसकेका छन् । नेपालगञ्जमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उप–प्रमुख उमा थापा मगर, २३ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ९२ जना वडा सदस्य गरी १२५ जना जनप्रतिनिधि छन् ।


कार्यक्रममा उपमहानगरपालिकाले जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो । नगर प्रमुख राणा, उप–प्रमुख थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

त्यस अवसरमा जनप्रतिनिधि आएपछि ५ वर्षमा भएका विकास निर्माणको संगालो ‘समृद्ध नेपालगञ्ज’ र नगर प्रमुख राणा तथा उप–प्रमुख थापा मगरका ५ वर्षे कार्यकालका मुख्य काम समेटेको थप दुई वटा पुस्तक पनि विमोचन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगले मतदानस्थलमै मतदाता शिक्षा दिने

२८ बैशाख २०७९, बुधबार १६:१३
काठमाडौं : निर्वाचन आयोगले आज र भोलि स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने भएको  छ । निर्वाचन अधिकृत कार्यालयले मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे […]

सम्बन्धित