जानकीमा माघ १९ देखि तीन दिन राष्ट्रपति रनिङ शिल्ड हुने

सदरलाइन संवाददाता १० माघ २०७९, मंगलवार १७:३३
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरीय ५औं अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुने भएको हो ।

यही माघ १९ गतेदखि २१ गतेसम्म जानकी गाउँपालिका वडा नम्वर ३ स्थित नेपाल राष्ट्रिय प्रावि मानपुरमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुनेछन् । यस्तै रिले र हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत हुनेछ । प्रतियोगितामा विद्यालय तहका विद्यार्थीहरुले भाग लिन पाउनेछन् ।


१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरीय ५औं अध्यक्ष कप प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार र तृतीय हुने विद्यालयलाई रु. १० हजार पुरस्कार दिने निर्णय आज बसेको बैठकले गरेको हो । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख वजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए ।

बैठक जानकी गाउँपालिका अध्यक्ष छब्बल खाँको संयोजकत्वमा बसेको हो । बैठकमा पालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत डाँगी, गाउँपालिका अध्यक्ष छब्बन खाँका स्वकीय सचिव शोहराव इद्रिसी, वडा नम्वर १ का वडा अध्यक्ष मो.रज्जा राई, २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, ३ का राजकुमार कुर्मी, ४ का रमेश कुमार वर्मा, ५ का अध्यक्ष टिकानाथ यादव, ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य कान्ती काँदु, निर्मला हरिजन र कार्यपालिका सदस्य तथा सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद संयोजक रामआँचल धोवी तथा शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत कृष्णाकुमारी भण्डारी लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सञ्चालित ‘पावर परियोजना’को परिचयात्मक बैठक सम्पन्न

१० माघ २०७९, मंगलवार १७:३३
नेपालगञ्ज : सामाजिक विकास मञ्च बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन गरेको पावर परियोजनाका बारेमा परिचयात्मक बैठक गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा आज गरिएको परियोजना परिचयात्मक बैठकमा कार्यक्रम संयोजक राम श्रेष्ठले परियोजनाको परिचय, लक्षित समुदाय, उमेर र लक्ष्य, कार्य क्षेत्र तथा सन् २०२३ का कार्यक्रम र योजनाबारे प्रस्तुतिकरण गरेका थिए । […]

सम्बन्धित