लागुऔषधसहित बर्दियामा एकजना पक्राउ

सदरलाइन संवाददाता ११ चैत्र २०७८, शुक्रबार १४:१८
 

नेपालगञ्ज : बढैयातालमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, बढैयाताल गाउँपालिका वडा नं.२ सितापुर बस्ने २५ वर्षिय सुनिल रानामगर रहेका छन् ।

प्रहरीले मगरलाई बढैयाताल २ जमुनी गाउँ नजिक बाट करिब ९ सय १० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिहीबार साँझ पक्राउ गरेको हो ।


प्रहरी चौकी जामुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चैते धानको रोपाई शुरु

११ चैत्र २०७८, शुक्रबार १४:१८
नेपालगञ्ज : बाँकेमा चैते धान रोप्न शुरु गरिएको छ । यस बर्ष बाँकेमा २५ विघा क्षेत्रफलमा चैते धान लगाइँदैछ । फागुनमा राखेको चैते धानको विउँ तयार भएकाले किसानले रोप्न शुरु गरेको कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । उनकाअनुसार गत बर्ष २ विघा क्षेत्रफलमा चैते धान खेती गरिएको थियो […]

सम्बन्धित