साहित्यकार राजापुरीको सम्झनामा कार्यक्रम

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार १६:१३
 

बर्दिया : राजापुर साहित्य प्रतिष्ठानले शनिवार प्रसिद्ध साहित्यकार प्रकाश राजापुरीको ८५ औं जन्म जयन्तिको अवसरमा एक श्रद्धाञ्जली समारोहको आयोजना गर्यो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य महानन्द ढकालले प्रकाश राजापुरीको साहित्यक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनु पर्ने बताए । ढकालले राजापुरीको लेखनमा माटोको सुगन्ध भेट्टिने भन्दै राजापुर नगरपालीकाले राजापुरीको साहित्यिक योगदानलाई सम्झनु पर्ने बताए ।

साहित्यकार खगेन्द्र गिरि कोपिलाले राजापुरको व्याक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै मूल्चोकमा प्रकाश राजापुरीको शालिक स्थापना गर्न राजापुर साहित्य प्रतिष्ठानले पहल गर्नुपर्ने बताए ।


राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले सभापतिको मन्तव्य राख्दै राजापुरीले राजापुरलाई मात्रै होइन सिङ्गो गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई सम्झने गरेको बताए । कार्यक्रममा प्रकाश राजापुरीका पुत्र आलोक गुप्ताले राजापुरीको व्यैयक्तिक जीवन बारे बोलेका थिए ।

कार्यक्रममा जीवराज पाण्डेय, बालकृष्ण शर्मा, बद्री ढकाल हीरामणी, सुभास दहित, सन्तोष रेग्मी, श्याम शराबी र सहदेव चौधरी समेतका स्रस्टाहरुले नेपाली र थारु भाषामा रचना सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा महिलालाई क्षमता विकास तालिम

२३ भाद्र २०८०, शनिबार १६:१३
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार प्रवद्र्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस् भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको […]