वैशाख ३० गते सार्वजनिक बिदा

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार १८:०३
 

नेपालगञ्ज : स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ ।

मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।


वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ । यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन बिदा हुने यसअघि निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद

२६ बैशाख २०७९, सोमबार १८:०३
नेपालगञ्ज : दाङमा सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । नेपाल–भारत सीमानाका कोइलाबासबाट बन्दुकसहित बन्दुकमा प्रयोग हुने १५ वटा छर्रा गोली र दुई वटा केप पनि बरामद गरेको सशस्त्र प्रहरी बल २९ नं. गण भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए । गढवा गाउँपालिका वडा […]