बाँकेस्थित बाल सुधार गृहबाट चार जना फरार

सदरलाइन संवाददाता १५ पुष २०७९, शुक्रबार १३:५१
 

नेपालगञ्ज : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट चार जना भागेका छन् ।

अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिन्छ । जबरजस्ती करणीका तीन जना र कर्तब्य ज्यान मुद्दाका एक जना विहीवार साँझ फरार भएका हुन् । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तब्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएका हुन् ।


बाँके प्रहरीले फरार रहेका बालकको खोजी जारी रहेको जनाएको छ । बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधी छन् ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिले फरार रहेका बालकको खोजी भइरहे पनि फेला नपरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१५ पुष २०७९, शुक्रबार १३:५१
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनकट्टी नजिक ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । भुरिगाउँबाट धान लिएर जाँदै गरेको भे १ ख ३८३७ नम्बरको ट्रक र भे ७ प ४६८२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका–५ शाहिपुरका २६ वर्षीय आशिष थारुको ज्यान गएको हो । थारुको […]