सदरलाइनडटकम
२९ मंसिर, नेपालगन्ज : नेपालगन्ज उपमहानगरको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ क्षेत्रसंग सहकार्य गरिने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरण सँगै शान्ति सुरक्षामा सहयोगको लागि सहकार्य हुने भएको हो ।
उपमहानगरका प्रमुख डा धवलशमशेर राणाको अध्यक्षतामा बसेको वैठकमा बैंकर्सले नगरको सरसफाई, ट्राफिक व्यवस्थापन र सिसि टिभी जडानका लागि आर्थिक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
होटेल व्यवसायीसँगको सहकार्यमा सुर्खेत रोड(ग्रीन वेल्ट)मा विरुवा रोपेको उप–महानगरपालिकाले अव सबै खाले बैंकहरुको सहयोगमा फोहर व्यवस्थापनका लागि डस्टविन राख्ने, यातायात पार्किङका लागि मार्किङ, स्थल व्यवस्थापन गर्ने र जनधनको सुरक्षार्थ सम्वेदनशिल स्थानमा सिसी टिभी जडान गर्ने लगायतको तयारी गरेको छ ।
नेपालगन्जस्थित बाणिज्य, विकास वैंक लगायत वैकिङ क्षेत्रका प्रमुख एवं प्रतिनिधिले नगरको सुन्दरता, सुरक्षा र सरसफाइमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको उप–महानगरका वरिष्ठ आलेप अधिकृत खीमानन्द अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बंैकको आर्थिक सहयोगलाई कोषमा जम्मा गरि व्यवस्थित परिचालन गरिने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकासँगको समन्वयममा ट्राफिक व्यवस्थापन र प्रहरी कार्यालयको सहकार्यमा सीसी टिभी जडान गरिने उप–महानगरपालिकाका प्रमुख डा राणाले जानकारी दिए । नगरको समग्र शान्ति, सरुक्षा र सरसफाईमा सबैसँगको हातेमालोकोे पनि उनले अपील गरेका छन् ।