नेपालगञ्ज : राप्रपाका तर्फबाट मेयरका प्रत्यासी रहेका नन्दलाल बैश्यले नेपालगञ्ज भित्र हरियाली र सरसफाई कायम गर्ने उद्घोष गरेका छन् । उनले नगरको बाटो छेउछाउ र सरकारी जग्गा पहिचान गरि बृक्षरोपण गर्ने बताएका छन् ।
नगरको सुर्खेतरोडको सौन्दर्यकरणका लागि बाटोको विचभागमा फुुलहरुलाई स्यहारसुसार गर्ने र नयाँ अर्कार्षक फुलहरु रोपेर हरियालीमय बनाउने प्रतिबद्धता मेयरका उम्मेदवार वैश्यले गरेका छन् । त्यति मात्र नभएर सौन्दर्यकरणमा मुख्य नेपालगञ्जको फोहोर समयमा उडाउने र छिटो छरिटो व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । नगरपालिकाले फोहोर उठाउने कर्मचारी ढिलो फोहोर उठाउने भएकोले फोहोर व्यवस्थापन समयमै गर्ने बताए ।
वैश्यले शुक्रबार नेपालगञ्ज उपहानगरपालिकाको वडानं. १८ मो घरदैलो गर्दै कोणसभा गरेका थिए । उनले नेपालगञ्जको बजार क्षेत्रको विकास भैसको र गाँउको पनि मुख्य बाटोको विकास भए पनि टोल टोलको बाटो बन्न नसकेको भोट दिएर जिताउन आग्रह गरे ।
उनले हरेक वडाको टोलटोलमा पक्की बाटो ५ बर्ष भित्र निर्माण गर्ने प्रतिबद्धता गदै विहानै देखि वडा नं. १८ को वडाको टोल टोलमा गएर बृद्धाबृद्धसँग भेट गरी आफ्नो प्रतिबद्धता राखेका थिए ।
राप्रपाको एजेन्डा देखेर नेपालगञ्ज नगरबासी पनि उत्साहित भएका छन् । यो भन्दा पहिलै राप्रपाबाटै २०७४ सालको स्थानीय तहको निर्वाचनमा धवल शम्शेर राणाले नेपालगञ्ज उपमहानरपालिका५ बर्ष चलाई सकेको छन् । उनी भारी मतले विजय भएका थिए ।